दफा ५४६
वस्तु बिक्री सम्बन्धी करार बदर हुने

कुनै खास किसिमको वस्तु बिक्री गर्ने गरी करार भएकोमा त्यस्तो करार हुँदाका बखत वा सोभन्दा अगाडि नै त्यस्तो वस्तुको हानि, नोक्सानी भइसकेको रहेछ र सो कुरा विक्रेतालाई करार गर्दाका बखत थाहा रहेनछ भने त्यस्तो करार बदर हुनेछ ।

स्पष्टीकरणः: यस दफाको प्रयोजनको लागि “खास किसिमको वस्तु” भन्नाले करार गर्दाका बखत करारमा उल्लेख गरिएको खास किसिमको वस्तु सम्झनु पर्छ ।